दफा ५५
बोर्डले क्षतिपूर्ति सम्बन्धी व्यवस्था गर्न सक्ने
धितोपत्र बजारले लगानीकर्ताहरुलाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन दफा ५३ बमोजिम क्षतिपूर्ति कोषको स्थापना र सञ्चालन गर्न नसकेमा वा तोकिए बमोजिम दिनु पर्ने क्षतिपूर्तिको रकम नदिएमा वा दिन नसकेमा बोर्डले तोकिए बमोजिम क्षतिपूर्ति कोषको स्थापना र सञ्चालन गर्न वा दिनु पर्ने क्षतिपूर्तिको रकम तोकिए बमोजिम दिलाउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्नेछ ।